Click Skip button to skip the advertise










tourBiz Nepal

समृद्ध नेपालका लागि दीगो पर्यटन विकास


    प्रमुख समाचार

आजको तस्वीर

नेपाल अंग्रेज युद्धको जीवित दस्तावेज सिन्धुलीगढी -फोटोसहित_

काठमाडौं ।सिन्धुलीगढी  नेपाल अंग्रेज युद्धको जीवित दस्तावेजका रुपमा चिनिने दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसँग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष अहिले पनि देख्न पाइन्छ ।   सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान पनि हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौंं आक्रमण अर्थात विसं १ हजार ३ सय ६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ ।सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपादेखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।

धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर

 वासुदेव पौडेल पोखरा, १५ असोज ।  विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छ्रे हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ । तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै पर्खाइमा छ ।  तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरका अनुसार यस मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पनि पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए ।  प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ । श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । “पोखरालाई पर्यटकीय रुपमा चिनाउन फेवाताल यहाँको महत्वपूर्ण सम्पत्ति हो,” पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० पोखराका अध्यक्ष सोम थापाले भने, “पोखराको गहना फेवाताल हो भने फेवातालको गहना तालबाराही मन्दिर हो ।” तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यसकारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । यहाँ धार्मिक आस्था बोकेका र नबोकेका दुवै थरी पर्यटक घुम्न आउने गरेको उहाँ बताउनुहुन्छ । धर्म र पर्यटनको दुवै रुपमा गन्तव्यस्थल बनेको यस मन्दिरमा वर्षैभरि दर्शनार्थी पुग्ने गरेका कारण मेला लागेजस्तो हुने गरे पनि यहाँ कोजाग्रत पूर्णिमाका दिन विशेष मेला लाग्छ । यस दिन बाराही दर्शन गरी जमरा सेलाउन टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । नवरात्र अवधिभर यहाँ आउने भक्तजनका कारण नै मन्दिर परिसर दिनभर नै खचाखच भरिएको हुन्छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यको मज्जा लिन पाइने मात्र हैन तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू मन्दिरमा पुग्ने गरेको स्थानीयवासी गणेश तिमल्सिनाले बताए । दैनिक चारदेखि छ हजारसम्म पर्यटक यहाँ दर्शनका लागि आउँछन् । यहाँ आएर विवाह बन्धनमा बाँधिए दाम्पत्य जीवन सुखी हुने जनविश्वास यस मन्दिरको अर्को विशेषता हो । जम्मा तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको थप संरक्षणमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदैआएको छ । मन्दिर परिसरको भूबनोटको परीक्षणका लागि समितिले २५ मिटर गहिराइसम्मको माटो परीक्षण गरेको र परीक्षणबाट भूबनोट बलियो रहेको पाइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी समितिले यहाँ बस्ने बेन्चको व्यवस्था गरेको छ र अघिल्तिर आकर्षणका लागि पानीको फोहोरा निर्माण गर्न लागिएको छ । समितिले मन्दिरको संरक्षणका लागि पुरातत्व विभागसँग पनि समन्वय गरिरहेको छ । “पोखराको गहना फेवाताल र यसको गहना तालबाराही हो, फेवातालको संरक्षणसँगसँगै तालबाराही मन्दिरको पनि संरक्षण गरिनुपर्छ,” स्थानीय युवा एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च, पोखराका पूर्वअध्यक्ष तारानाथ पहारीले भने । “पोखराको समग्र पर्यटकीय विकासमा तालबाराही मन्दिरको महत्वपूर्ण योगदान छ,” उहाँले भन्नुभयो, “मन्दिरका कारण बढेको पर्यटकीय आकर्षणलाई जोगाउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण निकाय लाग्नु आवश्यक छ ।” रासस

नेपालका तीन गाउँ ‘पर्यटकीय गाउँ’

काठमाडौं, ९ असोज ।गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन पर्यटकीय गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । भिटोफले ३८ औं विश्व पर्यटन दिवसको सन्दर्भ पारी सोमबार धादिङको सिद्धलेक सलाङ गाउँ, स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा हो ।   राजधानीमा आयोजित एक कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन् । घोषणा गरिएका तीन वटै गाउँ पर्यटनका दृष्टिकोण अत्यन्तै महत्वपूर्ण अति मनमोहक, स्थानीय परिकार र सँस्कृतिको संरक्षण तथा अतिथि सत्कार लोभलाग्दो रहेका कारण दजनौं गाउँबाट ती गाउँ छानिएको अध्यक्ष सापकोटाले बताउ ।  उनकाअनुसार २०१७ र ०१८ का लागि सो गाउँमा पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गाउँ पर्यटनको रुपमा घोषणा गरिएको भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । हाल सलाङ गाउँमा आमकोट र मैदान गरि २६ घरधुरी, कुन्छालमा ४ घरधुरी र पित्लेकमा ७ घरधुरीमा होमस्टे सेवा रहेको छ । 

पर्यटन उद्योग

पोखरामा विदेशी पर्यटकले लगाए सप्तरङी टिका

सातौँ राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

काठमाडौँ, असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मानव ज्ञान, विवेक सिर्जना गर्न र समाजमा शिक्षाको उज्यालो फैलाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सातौँ राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कलाकारको हरेक सिर्जनाले समाजमा रहेका मानव जातिमा सूचनात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने बताए । मन्त्री श्रेष्ठले मौलिक नेपाली कलाकृतिले अन्तर्रा्ष्ट्रिय जगत्मा समेत देशको प्रतिष्ठा बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले स्वदेशी कलाकारका कलाकृतिलाई अन्तर्रा्ष्ट्रिय बजारमा प्रवद्र्वन गर्न आफ्नो संस्था सक्रिय रहेको बताए । कार्यक्रममा कलाकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । अरनिको राष्ट्रिय लालितकला प्रज्ञा सम्मानबाट दुर्गा बराल र रवीन्द्र ज्यापू पुरस्कृत हुनुभयो । पुरस्कारको राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ । 

जाने हैन त बाह्रसिंगाको फाँटमा रमाउँन <

काठमाडौं, जेठ  ।प्राकृतिक रुपमा सुन्दर सुन्दर सुदूरपश्चिमको एक महत्वपूर्ण पर्यटकीिय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल आउने विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । पश्चिमी नाकाबाट पोखरा, काठमाडौँ र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले पछिल्लो समय शुक्लाफाँटासमेत जाने गरेका छन् । मझगाउँस्थित आरक्ष प्रवेशद्वारमा युवा व्यवसायी परमानन्द भण्डारीको शुक्लाफाँटा जङ्गल कटेज एण्ड लज तथा रानाथारु हेमस्टे सञ्चालनमा आएपछि आरक्ष आउने पर्यटकको आगमन निकुञ्जभित्र बढेको व्यवसायी भण्डारी बताउँछन् । पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी पोखरा र त्यसपछि काठमाडौँ र बर्दिया आउने छन् । 

अर्थ

पर्यटकलाइ आकर्षित गर्न भ्यू टावर

पाँचथर, जेठ ।आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ ।मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागिएको हो ।भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३र७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए । यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाखसमेत विनियोजन भइसकेको उनले बताए ।

सिक्टा सिंचाइ आयोजनाको काम ५२ प्रतिशत सम्पन्न

बाँके, बैशाख । सिक्टा सिँचाइ आयोजनाको ५२ प्रतिशत भौतिक कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । आर्थिक बर्ष ०७६÷०७७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको सो आयोजनाले बाँकेका साविक २९ गाविस, एक नगरपालिका र एक उपमहानगरपालिकाको ४३ हजार बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आर्थिक पत्रकारहरुको निशुल्क जीवन बिमा

काठमाडौं, बैशाख । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का सदस्यहरुको निशुल्क जीवन बिमा गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुरुप १७ औं वार्षिककोत्सवको अवसरमा आर्थिक पत्रकारलाई निशुल्क बिमा उपलव्ध गराउने घोषणा गरेको हो । हाल सेजनमा विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत २ सय ५४ सदस्यहरु रहेका छन् ।

घुमफिर

मनै लोभ्याउने मुक्तिनाथ

पारसमणिधार्मिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण देश नेपालका मूर्त तथा अमूर्त सम्पदाहरुले विश्व लोभ्याउने गरेको छ  नेपालका अधिकांश जिल्लाहरु पर्यटकीय दृष्किोणले महत्वपूर्ण छन् । सबै जिल्लामा केही केही पर्यटकीय आकर्षणहरु रहेकै छन् । त्यस्तै स्थानमध्येको एक हो मुस्ताङको मुक्ति क्षेत्र हो । मुस्ताङ एउटा जिल्लाको नाम मात्र होइन, यो विश्वकै दसौं स्थानमा पर्ने पर्यटकीय गन्तव्य पनि हो । मुक्ति क्षेत्र धार्मिक, साँस्कृतिक र प्राकृतिक रसास्वादन गर्न देश विदेशका पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् । हिमाल पारीको जिल्लाको नामबाट समेत चिनिने मुस्ताङ जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमालको काखमा छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमा ख्यातिप्राप्त यस क्षेत्रको मनोरम प्राकृतिक छटाको कसैले बयानसमेत गर्न सक्दैन ।  कालीगण्डकीको उद्गमस्थल मुक्ति क्षेत्र मुक्तिनाथ,  केदारनाथ र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि हो । ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको मुक्ति क्षेत्रमा विशेषगरी आन्तरिक साथै सार्क मुलुक र विश्वका अन्य देशका नागरिक पर्यटकका रुपमा पुग्ने गर्दछन् । 

विचार/अन्तर्वार्ता

सरकारले पर्यटन क्षेत्रलाई सरकार हल्का ढंगले लिन्छ

शरदऋतु शुरु भएसँगै नेपाली पर्यटन बजार चलायमान हुन थालेको छ । यद्यपि त्यति राम्रो शुरुवात हुन नसकेको पर्यटन व्यसायी बताउँछन् । पर्यटन क्षेत्रले द्वन्द्वकालपछि चर्को समस्या खेपिरहेको छ । जनआन्दोलनको मारमा प्रत्यक्ष असर परेको यो क्षेत्र विस्तारै उकालो लाग्दै गर्दा भुकम्पले थला पर्यो । भुकम्पका कारण जति असर पर्यो, त्यो भन्दा धेरै असर भुकम्पपछिको अनावश्यक हल्लाले परेको सरोकारवाला बताउँछन् । अहिले विस्तारै उकालो लाग्ने आशा गरिएको पर्यटन क्षेत्र लगातारको राजनीतिक अस्थिरताका कारण पनि पर्यटन अहिले कठिन मोडबाट गुज्रिरहेको सम्बद्ध व्यवसायीले बताएका छन् । अहिलेको पर्यटन बजार, समस्या चुनौतिका विषयमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यसँग मनीषा अवस्थीले गरेको कुराकानीको सम्पादित अंशः

राजनीति

दुईसय ६७ स्थानको नतिजा सार्वजनिक

काठमाडौं, जेठ ।स्थानिय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको दुई सय ६७ स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो बिवरण अनुसार नेकपा एमालेले एक सय १३ स्थानमा विजय हासिल गरेर अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस  एक सय एक स्थानसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रले ४६ स्थानमा विजय हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारहरु बिभिन्न तीन स्थामा विजयी भएका छन् ।राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय हासिल गरेको छ । त्यस्तै नेमकिपा, राप्रपा र नयाँ शक्ति÷संसफोनेले पनि एक÷एक स्थानमा जितेका छन् ।

विविध

गोसाइँकुण्डः पुराण, इतिहास र वर्तमान

   ज्ञानेन्द्र न्यौपाने,  रसुवा,साउन । ‘साढे तीन करोड तीर्थ जति छन् सम्पूर्ण संसारमा                 बस्छन् गईकन नीलकण्ठ दहमा आएर जनैपूर्णेमा                 मेला लाग्दछ भव्य वर्ष दिनको यद्यपि यही कुण्डमा                 जान्छन् सज्जन ती नुहाउन सबै विश्वास लिई धर्ममा’जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड स्नान गर्ने हजारौँ भक्तजन नीलाद्रि पर्वत पुगेका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यस पटक नागपञ्चमीमा पर्ने जनैपूर्णिमा गोसाइंँबाबा अर्थात् शिव विराजमान रहनुभएको गोसाइँकुण्डमा स्नान गरी नयाँ जनै फेर्न र रक्षाबन्धन बाँध्न अहिले ठूलो संख्यामा भक्तजन आइरहेका छन् । समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादशहरा र जनैपूर्णिमामा मेला लाग्छ । संसारका देवदेवताले जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा बास लिने र सो दिन कुण्डमा स्नान गर्नाले ती देवताको दर्शन पाइने धार्मिक मान्यता रहेको समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो ।

प्रवास

‘ग्लोबल नेपाल फेस्ट–२०१७ डीसी’ अमेरिकामा

अमेरिका, वैशाख । अमेरिकामा ‘ग्लोबल नेपाल फेस्ट–२०१७ डीसी’ महोत्सव सम्पन्न भएको छ । भिन्तुना ईन्टरनेसनलले  आयोजना गरेको महोत्सवमा नेपाली कलासंस्कृति झल्काउने कार्यक्रम सँगै चित्रकला, योगा तथा ध्यान कार्यक्रम गरिएको थियो । चित्रकला प्रदर्शनीमा नेपाली मूलका कलाकारहरुमा राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डंगोल, सागर मानन्धर, रबिता केसी, दिभा प्रधान, किरण मानन्धर, सम्झनाराज भण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्ण गोपाल रंजित सहभागी थिए । वासिंटन डिसीमा सम्पन्न उक्त उत्सवमा नेपालका लागि पूर्व अमेरिकन राजदूत स्कट डेलेसी, अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की, मेरिल्याण्ड इन्डियन हेड नगरपालिकाका नेपाली मूलका निर्वाचित उपनगर प्रमुख किरण सिटौला ,गैर आवासीय नेपाली संघ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिम्सिनालगायत संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

तस्वीर